उदयशमशेरले भने- केपी ओलीलाई धन्यवाद छ - Himal Post Himal Post
  • २६ जेष्ठ २०८३, मंगलवार
  •      Tue Jun 9 2026
Logo

उदयशमशेरले भने- केपी ओलीलाई धन्यवाद छ



नेपाली कांग्रेसका नेता उदयशमशेर राणाले केपी ओलीले आफ्नै साथिहरुलाई ठेल्दै ठेल्दै गएपछि आफूहरु गठबन्धनमा उभिने वातावरण मिलेको भन्दै धन्यवाद दिएका छन्। सत्ता गठबन्धनले ललितपुरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।

‘झण्डै दुई तिहाईको बहुमत लिएको थियो,’ ओलीप्रति लक्षित गर्दै कांग्रेस केन्द्रीय सदस्य समेत रहेका राणाले भने, ‘उहाँले विपक्षीलाई मात्र होइन, आफ्नै पार्टीका साथीहरुलाई ठेल्दै ठेल्दै ल्याएर आज यो परिस्थितिमा हामी आएका छौं। एक किसिमले उहाँलाई हामीले धन्यवाद पनि दिनुपर्छ। हामी एक ठाउँमा उभिने अवसर पनि आएका छौं।’

राणा सत्ता गठबन्धनको तर्फबाट ललितपुर–१ बाट उम्मेदवार बनेका छन्।उनले गठबन्धनका दलहरु एकढिक्का भएर अघि बढ्नपर्ने पनि बताए। ‘०७४ को निर्वाचनपछि सुखी नेपाली, समृद्ध नेपालको नारा लगाएका थिए,’ राणाले भने, ‘तर, उनले आफ्नै कुरा नमिल्ने साथीहरुलाई पेल्ने स्थिति बनेपछि गठबन्धन बन्न पुगेको छ।’

अब गठबन्धनले दुई तिहाई बहुमत नल्याइ नहुने आफ्नो ठम्याइ भएको उनले बताए।