ट्रिपरको ठक्करबाट भक्तपुरमा मोटरसाइकल चालकको मृत्यु, एक गम्भिर घाइते - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

ट्रिपरको ठक्करबाट भक्तपुरमा मोटरसाइकल चालकको मृत्यु, एक गम्भिर घाइते



भक्तपुर, २५ जेठ

भक्तपुरको मध्यपुरठिमी नगरपालिका ३ गठ्ठाघरमा ट्रिपरले मोटरसाईकलाई ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
बुधबार राति १ बजे बा ४ ख ८१८० नम्बरको ट्रिपरको ठक्करबाट बा ७० प ३३२३ नम्बरको मोटरसाइकल चालक नगरपालिका २ दुवाकोटका २५ वर्षका निरज मल्ल ठकुरीको मृत्यु भएको हो ।

मध्यराति भक्तपुरबाट सानोठिमी तर्फ मोडिँदै गरेको ट्रिपरले काठमाडौंबाट भक्तपुर तर्फ जाँदै गरेको सो मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकलमा सवार निरज मल्ल ठकुरी र उनका भाई भाइ २२ बर्षिय अजय मल्ल ठकुरी गम्भीर घाइते भएकोमा निरजको उपचारका क्रममा मृत्यु भएको हो भने भाई अजयको बि।एण्ड बि। अस्पतालमा उपचार भै रहेको महानगरीय प्रहरी बृत ठीमीले जनाएको छ ।

प्रहरीले ट्रिपर र ट्रिपर चालक सिन्धुपाल्चोक घरभई हाल चाहविल बस्दै आएका गोविन्द गिरीलाई नियन्त्रणमा लिएको छ ।