चितवनमा रेनु दाहालसँग निकै पछाडी परे विजय सुबेदी - Himal Post Himal Post
  • २८ जेष्ठ २०८३, बिहीबार
  •      Thu Jun 11 2026
Logo

चितवनमा रेनु दाहालसँग निकै पछाडी परे विजय सुबेदी



चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन्।

२६ हजार २६ मत गन्दा दाहालले ९ हजार ३६३ मत पाएकी छन्। उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले ८ हजार १९ मत पाएका छन्।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार १९१ पाएका छन्।

उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ११ हजार १३६ मत पाएका छन्। राप्रपाकी हिमला गुरुङले ६ हजार ५३५ मत पाएकी छन्।

भरतपुरमा सत्तागठबन्धनले चुनावी तालमेल गरेको छ भने एमाले र राप्रपाको तालमेल छ।