धाँधली भयो भन्ने एमालेलाई प्रमुख निर्वाचन आयुक्तले फर्काए जवाफ - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

धाँधली भयो भन्ने एमालेलाई प्रमुख निर्वाचन आयुक्तले फर्काए जवाफ



प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तह निर्वाचनमा धाँधली भयो भन्नु निराधार भएको बताएका छन्।

धरान उपमहानगरपालिकाको मतगणनाको निरीक्षण गर्न धरान आएका थपलियाले सञ्‍चारकर्मीसँग कुरा गर्दै निर्वाचनमा धाँधली नभएको दावी गरे।

नेकपा एमालले विज्ञप्ति जारी गर्दै स्थानी तह निर्वाचनमा सत्ता गठबन्धनले योजनावद्ध धाँधली गरेको आरोप लगाएको छ।

त्यसको खण्डन गर्दै प्रमुख आयुक्त थपलियाले निर्वाचनमा कहीकतैबाट धाँधली नभएको स्पष्ट पारेका हुन्।

निर्वाचनमा धादली भएकै हो भन्ने पत्रकारले सोधेको जिज्ञासामा उनले भने,’ निर्वाचनमा धाँधली भएको छैन । क-कस्ले के आरोप लगाउँछ त्यो निर्वाचन आयोगको सरोकार होइन।’

उनले सबैको सहयोगले निर्वाचनमा मतदान शान्तिपूर्वक सम्पन्न भएको धारण व्यक्त गरे।

उनले निर्वाचनमा धाँधली भएको आरोप लगाउनेहरुलाई नै यसको जवाफ खोज्न पनि आग्रह गरे । उनले निर्वाचन के कसरी सम्पन्न हुँदैछ भन्ने कुरा सबैलाई थाहा भएकाले हल्लाका पछाडि नलाग्न आग्रह गरे।

प्रमुख निर्वाचन आयुक्त थपलियाले सबै स्थानीय तहको निर्वाचनको नतिजा निकाल्न धेरै समय लाग्ने भएकाले आयोगले विकल्प खोजेर जेठ ५ सम्ममा सबै तहको मतगणना सम्पन्न गर्ने बताए ।

उनले मतदान सम्पन्न गर्नका लागि सहयोग गर्ने सुरक्षाकर्मी, कर्मचारी, पत्रकार, राजनीतिक दललगायत सबैलाई धन्यावाद दिए।