भरतपुरमा जगन्नाथ पौडेल हजार मत नजिक
भरतपुर- भरतपुर महानगरपालिका मेयर पदमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता लिएका छन्। लामो समय दाहाललाई पछ्याएका सुवेदीले पछिल्लो पटक लिड गरेका हुन्।
सुवेदीले गठबन्धनकी रेणु दाहालसँग ३ मतको अग्रता हासिल गरेका हुन्। सुवेदीले २ हजार ४ सय ६८ मत ल्याएका छन्। रेणुको मत २ हजार ४ सय ६५ मत पाएका छन्।
स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले भने ८३० मत प्राप्त गरेका छन्। उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले २ हजार ७ सय १ मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले १ हजार ९ सय ७५ मत ल्याएकी छिन्।
महानगरपालिकामा एमालेले राप्रपासँग गठबन्धन गरेको छ।