काठमाडौं १ मा एमालेका भरतलाल श्रेष्ठ विजयी - Himal Post Himal Post
  • २८ जेष्ठ २०८३, बिहीबार
  •      Thu Jun 11 2026
Logo

काठमाडौं १ मा एमालेका भरतलाल श्रेष्ठ विजयी



काठमाडौं– काठमाडौं महानगरपालिकाको वडा नम्बर १ को मतगणना सकिएको छ। नेकपा एमालेका वडाध्यक्षका उम्मेदवार भरतलाल श्रेष्ठले जित हासिल गरेका छन्।

उनले ६२२ मत प्राप्त गरे। उनका प्रतिस्पर्धि कांग्रेसका किरण श्रेष्ठले ५९८ मत प्राप्त गरेका छन्। निर्वाचित भरतलाल यसअघि पनि वडाध्यक्ष थिए।

वडाको कूल मतगणना हुँदा कामनपाको मेयरमा भने बालेनले सर्वाधिक मत पाएका छन्। उनले कुल ७८३ मत पाए। यो वडाबाट मेयर पदका लागि एमालेका केशव स्थापितले ३६४ र कांग्रेसकी सिर्जना सिंहले ४५१ मत पाएकी छन्।