स्थापित र सिंहको मत जोड्दा पनि बालेन शाहलाई भेट्न सकेनन् - Himal Post Himal Post
  • २८ जेष्ठ २०८३, बिहीबार
  •      Thu Jun 11 2026
Logo

स्थापित र सिंहको मत जोड्दा पनि बालेन शाहलाई भेट्न सकेनन्



काठमाडौं महानगरपालिकामा मतगणना जारी छ । गणना सुरू भएपछि लगातार अग्रता लिएका बालेन शाहले मतान्तर झनै बढाएका छन् ।

सुरुआतदेखि अग्रता लिएका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन)को झनै अग्रता लिने देखिएको छ । काठमाडौं कांग्रेस र एमालेबीच प्रतिष्पर्धा हुने ठाउँ हो । ठूला दलहरूको संगठन बलियो पनि छ ।तर, यो चुनावमा आइरहेको मत परिणाम भने निकै रोचक छ ।

ठूला दललाई स्वतन्त्र उम्मेदवार बालेनले ठूलो मतान्तरले अग्रता गरिरहेका छन् । एमाले र कांग्रेसका उम्मेदवारको मत जोड्दा पनि स्वतन्त्र उम्मेदवारको मत धेरै हुन आउँछ ।

पछिल्लो मतगणना अनुसार शाहले ३५३२ मत प्राप्त गरेका छन्। उनलाई नेकपा एमालेका केशव स्थापितले पछ्याइरहेका छन्। स्थापितले १८५६ मत ल्याएर पछ्याइरहेका हुन्। गठबन्धनको तर्फबाट कांग्रेसकी उम्मेदवार बनेकी सिर्जना सिंहले १६६८ मत पाएकी छन्। स्थापित र सिंहको मत जोड्दा पनि ३५२४ हुन आउँछ । बालेन एक्लैको मत ३५३२ छ ।