झाँक्रीकै ठाउँमा गठबन्धन पराजित, एमालेले जित्यो - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

झाँक्रीकै ठाउँमा गठबन्धन पराजित, एमालेले जित्यो



रामकुमारी झाँक्रीको वडामा एकीकृत समाजवादी पार्टी पराजित भएको छ । वडाअध्यक्ष पदमा गठबन्धनले सघाएको नेकपा एकीकृत समाजवादीले पराजय भोगेको हो ।

वडा नं. २ मा गठबन्धनका तर्फबाट समाजवादीलाई हराउँदै एमाले निर्वाचित भएको छ।

एमालेका माधवप्रसाद भुसालले ७८५ मत ल्याउँदा समाजवादीका गोकर्ण सेन ओलीले ६२५ मत प्राप्त गरेका छन्।

वडा नं. १ मा नेपाली कांग्रेस विजयी भएको छ। कांग्रेसका सुशील चन्दले ६९६ मत ल्याउँदा एमालेका प्रेम चन्द बोहोराले ५६२ मत ल्याए।

वडा नं. ३ मा एमालेलाई हराउँदै नेपाली कांग्रेस विजयी भएका छन्। कांग्रेसका चेत बहादुर सेनले ८७० मत ल्याउँदा एमालेका इश्वर बहादुर जिसीले ६५५ मत ल्याए।

वडा नं. ४ मा कांग्रेसकै प्रेमबहादुर सेन ओली विजयी भएका छन्। उनले ५८९ मत ल्याउँदा एमालेका भीमप्रसाद भट्टराईले ३८५ मत ल्याए।

मदाने वडा नम्बर ५ मा एमाले विजयी भएको छ। एमालेले ५२० मत पाउँदा कांग्रेसले ४१५ मत पाएको छ।

एमालेको पडक मानिने मदानेमा २०७४ मा एउटा वडा कांग्रेसले जित्दा बाँकी एमाले विजयी भएको थियो।

अहिले गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका महेन्द्र बहादुर कुँवरले ३ हजार ५८४ मत पाई अग्रता लिएका छन्।

एमालेका प्रेम बहादुर केसीले ३ हजार ५६८ मत ल्याएका छन्।

उपाध्यक्षमा नेकपा एमाले ३ हजार ४१० मतकासाथ अघि रहेको छ। उनका प्रतिस्पर्धी माओवादीका उम्मेदवारले ३ हजार ३०४ मत ल्याएको छ।

पालिकामा कडा प्रतिस्पर्धा हुँदा २ वटा वडाको मतगणना हुँदैछ।