हेटौंडाको मेयरमा गठबन्धनभन्दा राप्रपा अगाडी
हेटौंडा उपमहानगरपालिकाको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले नेकपा एकीकृत समाजवादीलाई उछिनेको छ ।
पछिल्लो मत परिणाम अनुसार राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहले एकीकृत समाजवादीकी मीना लामालाई पछि पारेका हुन् । सिंहले २ हजार ७१० मत ल्याएका छन् भने लामाको २ हजार ६६९ मत रहेको छ ।
तेस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले २ हजार ४३४ मत पाएका छन् ।
यसैगरी हेटौंडा उपमहानगरपालिकाको उपमेयरमा भने नेपाली कांग्रेसले अग्रता बनाएको छ । कांग्रेसका तर्फबाट उपमेयर उम्मेदवार राजेश बानियाँले ३ हजार ९८२ मत पाएका छन् भने उनलाई एमालेका सुमित्रा काफ्लेले ३ हजार १६ मतका साथ पछ्याइरहेकी छन् ।
राप्रपाकी इन्दिरा न्यौपानेले ८०३ मत ल्याएकी छन् ।