रोचक बन्यो भरतपुरको मतपरिणाम - Himal Post Himal Post
  • २१ माघ २०८२, मंगलवार
  •      Tue Feb 3 2026
Logo

रोचक बन्यो भरतपुरको मतपरिणाम



चितवन- भरतपुर महानगरपालिकाकाे निर्वाचन परिणाम रोचक ढंगले आइरहेको छ।

पछिल्लो मत परिणाम अनुसार नेकपा माओवादीकी रेणु दाहालले २४२५ र एमालेका विजय सुवेदीले २४२३ मत प्राप्त गरेका छन्।

उनीहरु बीचमा हाल २ मतको मात्रै अन्तर रहेको छ।

कांग्रेसका बागी जगन्नाथ पौडेलले सात सय ९५ मत पाएका छन्।

यो कडा प्रतिस्पर्धामा के नतिजा आउँछ? भन्ने देशभर सबैको चासोको बिषय बनेको छ।