भरतपुरमा ह्वात्तै घट्यो रेणुको मतान्तर, विजय अघि बढ्दै
चितवन- भरतपुर महानगरपालिकाको मेयरको मत गणना रोचक हुँदै गइरहेको छ ।
रेणु दाहालले अग्रता कायम राखे पनि विजय सुवेदीले मतान्तर घटाउँदै लगिरहेका छन् । दाहालले महानगरको मेयरको मतगणना जारी रहँदा २ हजार २ सय १२ मत प्राप्त गरेकी छिन् । सुवेदीले मतान्तर घटाउँदै २३ मा झारेका छन् ।
एमालेका मेयर उम्मेदवार विजय सुवेदीले दुई हजार १ सय ८९ मत ल्याएका छन् । अहिले भरतपुर २ मा मत गणना भइरहेको छ । २ मा हालसम्म २ हजार ३ सय मत गणना भइसकेको छ ।
अहिले तीन वटा केन्द्रबाट गणना भइरहेकाे छ । यसअघि एक स्थानमा मात्रै मत गणना भइरहेकाे थियाे ।
स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत शुक्रबार सम्पन्न मतदानमा भरतपुर महानगरपालिकाका १ लाख २७ हजार ५६६ जनाले मतदान गरेका छन् ।
महानगरपालिकामा कूल मतदाताको संख्या १ लाख ८५ हजार ७५१ रहेकामा केवल ६८.६७ प्रतिशतले मात्रै मतदान गरेका हुन् ।
भरतपुरमा कुल मतदाताको ६७ प्रतिशत मत खसेको थियो ।