भरतपुरमा लफडा- एमालेद्वारा मतगणना बहिस्कार
भरतपुर महानगरमा मतगणनाका क्रममा लफडा भएको छ । विवाद भएपछि एमालेका प्रतिनिधि गणनास्थल छोडेर हिँडेका छन् ।
कस्तो मतलाई सदर र कस्तोलाई बदर मान्ने भन्ने विषयमा विवाद चर्केपछि एमाले प्रतिनिधिले मतगणना नै बहिष्कार गरेका हुन् ।
मतगणना सुरु गर्नुपूर्व सामान्य त्रुटि भएका मतलाई सदर मान्ने सहमति भएको थियो । सोहि सहमति अनुसार नबहेको भन्दै एमालेले बहिस्कार गरेको छ ।
मतगणना जारी रहंदा आज एमालेको चुनाव चिह्नमा परेको मतमा सामान्य त्रुटि देखिए पनि बदर गर्न दबाब दिएको भन्दै आफूहरूले मतगणना बहिष्कार गरेको एमालेका प्रतिनिधिहरूले बताएका छन् ।