ओलीको गृहनगर झापा र मतदान गरेको सूर्यविनायकमा एमाले पछि पर्‍यो - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

ओलीको गृहनगर झापा र मतदान गरेको सूर्यविनायकमा एमाले पछि पर्‍यो



काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमक र मतदान गरेको नगरपालिका भक्तपुरको सूर्यविनायकमा एमाले पछि परेको छ।

गृहनगर दमकमा राप्रपाका राम थापाले झिनो मतले अग्रता कायम गरेका छन्। थापाले २ हजार १८५ मत प्राप्त गरेका छन्।

एमालेकी गीताकुमारी पौडेल अधिकारीले २ हजार १३६ मत ल्याएर थापालाई पछ्याइरहेकी छन्। यस्तै उपमेयरमा कांग्रेसकी रेगीना भट्टराईले २ हजार १३८ मत ल्याएर अग्रता कायम गरेकी छन्। उनलाई एमालेका अम्बिकाप्रसाद खनालले १ हजार ९७७ मत ल्याएर पछ्याइरहेका छन्।

यस्तै ओलीले मतदान गरेको सूर्यविनायक नगरपालिकामा पनि एमाले पछि परेको छ। सुर्यविनायक नगरपालिकामा कांग्रेसका निशान ढुंगेलले १ हजार ६२६ मत ल्याएर अग्रता कायम गरेका छन्। एमालेका वासुदेव थापाले १ हजार ३४८ मत प्राप्त गरेका छन्।

यस्तै उपमेयरमा भने सरिता भट्टराई (तिमिल्सिना) १ हजार ३५१ मत ल्याएर अग्रता कायम गरेकी छन्। उनलाई नेकपा एकीकृत समाजवादीका श्यामसुन्दर बस्नेतले ८०७ मत ल्याएर पछ्याइरहेका छन्।