स्थानीय तहमा विजयी: कांग्रेस ७, एमाले ६ र माओवादी २ (सूचीसहित)
शुक्रबार सम्पन्न स्थानीय तहको चुनावको नतिजा आउने क्रम जारी छ । हालसम्म नेपाली १७ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ ।
हालसम्मको नतिजाअनुसार नेपाली कांग्रेसले ७ स्थानीय तहको प्रमुख जितेको छ । त्यस्तै एमालेले ६ तथा माओवादी केन्द्रले २ स्थानीय तह जितेको छ । एकीकृत समाजवादीले पनि दुई स्थानीय तह प्रमुखमा जितेको छ ।
यस्तो छ सूचीः
नेपाली कांग्रेसले जितेका स्थानीय तह
मोहन सिंह लालचन
प्राप्त मत :७६०
घरपझोङ गाउँपालिका , मुस्ताङ , गण्डकी प्रदेश
कोन्जो तेन्जीङ लामा
प्राप्त मत :१५८
नारफू गाउँपालिका , मनाङ , गण्डकी प्रदेश
धनबहादुर गुरुङ
प्राप्त मत :८२०
नाशोङ गाउँपालिका , मनाङ , गण्डकी प्रदेश
अनन्तराम पौडेल
प्राप्त मत :१,७४७
छत्रकोट गाउँपालिका , गुल्मी , लुम्बिनी प्रदेश
सरोजकुमार थापा
प्राप्त मत :५,०८५
गुल्मीदरबार गाउँपालिका , गुल्मी , लुम्बिनी प्रदेश
खिलध्वज पन्थी
प्राप्त मत :८,६१४
रेसुङ्गा नगरपालिका , गुल्मी , लुम्बिनी प्रदेश
ईन्द्रबहादुर कार्की
प्राप्त मत :१३,३८४
गन्यापधुरा गाउँपालिका , डडेल्धुरा , सुदूरपश्चिम प्रदेश
नेकपा एमालेले जितेका स्थानीय तहः
लोप्साङ छोम्पेल विष्ट
प्राप्त मत :६८९
लो-घोकर दामोदरकुण्ड गाउँपालिका , मुस्ताङ , गण्डकी प्रदेश
रिङजीन नामगेल गुरुङ
प्राप्त मत :८६७
बारागुङ मुक्तिक्षेत्र गाउँपालिका , मुस्ताङ , गण्डकी प्रदेश
टसी न्हर्वु गुरुङ
प्राप्त मत :६६८
लोमन्थाङ गाउँपालिका , मुस्ताङ , गण्डकी प्रदेश
लोकेन्द्रबहादुर घले
प्राप्त मत :२२२
चामे गाउँपालिका , मनाङ , गण्डकी प्रदेश
कान्छा घले
प्राप्त मत :८६१
मनाङ डिसेङ गाउँपालिका , मनाङ , गण्डकी प्रदेश
धावा सम्डुक गुरुङ
शे फोक्सुन्डो गाउँपालिका , डोल्पा , कर्णाली प्रदेश
माओवादी केन्द्रले जितेका स्थानीय तहः
छविराम सुवेदी
प्राप्त मत :३,२००
नौमुले गाउँपालिका , दैलेख , कर्णाली प्रदेश
नारा सिं रोकाया
प्राप्त मत :७७०
जगदुल्ला गाउँपालिका , डोल्पा , कर्णाली प्रदेश
एकीकृत समाजवादीले जितेका स्थानीय तहः
अंगदकुमार राना
काईके गाउँपालिका , डोल्पा , कर्णाली प्रदेश
सेनाङ गुरुङ
छार्का ताङसोङ गाउँपालिका , डोल्पा , कर्णाली प्रदेश