केशव स्थापितले मतान्तर घटाए
काठमाडौं- काठमाडौं महानगरपालिकाको प्रमुख पदमा सुरुदेखि नै अग्रता कायम गरेका स्वतन्त्र उमेदवार बालेन शाहले अग्रता अझ फाराकिलो पारेका छन् ।
अहिलेसम्म वडा नम्बर १, २ र ३२ को मत गणना भइरहेको छ ।
यी वडाको मतगणना अनुसार बालेन शाहले ३१२ मत प्राप्त गर्दा एमालेका केशव स्थापितले उनलाई पछ्याएका छन् ।
स्थापितले २५१ मत ल्याएका छन् । कांग्रेस उमेदवार सिर्जना सिंह भने धेरै पछि परेकी छन् । सिर्जनाले १७८ मत पाएकी छन् ।