बालेन झन अगाडी, सिर्जनाको आधा मत - Himal Post Himal Post
  • ७ पुष २०८२, सोमबार
  •      Mon Dec 22 2025
Logo

बालेन झन अगाडी, सिर्जनाको आधा मत



काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता बढाउँदै लगेका छन्।

शनिबार दिउसो ३ बजेसम्मको मतगणनाअनुसार, साहले ५६८ मत पाएका छन्। उनले शुरुआतदेखि नै अग्रता बनाइरहेका छन्।

त्यस्तै, दोस्रो नम्बरमा नेकपा (एमाले)का केशव स्थापित छन्। उनले ४१५ मत पाएका छन्।

नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३०७ मत पाएकी छन्।

अहिले काठमाडौंको वडा नं. १, २ र ३२ को मतगणना भइरहेको छ। वडा नं. १ नक्साल क्षेत्र हो भने वडा नं. २ लाजिम्पाट क्षेत्र हो। त्यस्तै, वडा नं. ३२ कोटेश्वर क्षेत्र हो।

काठमाडौंमा एक लाख ९० हजार १७० मत खसेका छन्।

२०७४ सालको निर्वाचनमा नेकपा (एमाले) का विद्यासुन्दर शाक्य मेयरमा निर्वाचित भएका थिए। उनले ६४ हजार ९१३, नेपाली कांग्रेसका राजुराज जोशीले ४५ हजार २६९, विवेकशील नेपाली दलकी रञ्जु दर्शनाले २३ हजार ४३९ र स्वतन्त्र उम्मेदवार किशोर थापाले १८ हजार ४९६ मत पाएका थिए।