नेपालगन्जमा एमाले भन्दा कांग्रेस तेब्बर मतले अगाडी
नेपालगन्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २३ को १९८ मत गणना हुँदा नेपाली कांग्रेसका मेयरका उम्मेदवार प्रशान्त विष्टले ७९ मत ल्याएर अग्रता लिएका हुन् । यस्तै नेकपा एमालेका पशुपति दयाल मिश्रले २६ र राप्रपाका नन्दलाल बैश्यले ५ मत प्राप्त गरेका छन् ।
त्यसैगरी, उपमेयरमा जनता समाजवादी पार्टी (जसपा) का कमरुद्धिन राईले ६८, नेकपा एमालेका शान्ति ढकालले २६ र राप्रपाकी बिन्दु चर्तीमगरले ७ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत खडानन्द तिवारीले जानकारी दिए ।
वडा नम्बर १ र २२ को पनि मतगणना गर्ने तयारी भएको उनले बताए ।