निर्वाचन आयोगले सोधेको स्पष्टीकरण प्रचण्डले थाहै पाएनन् - Himal Post Himal Post
  • २९ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 12 2026
Logo

निर्वाचन आयोगले सोधेको स्पष्टीकरण प्रचण्डले थाहै पाएनन्



नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगले सोधेको स्पष्टीकरणबारे आफूलाई थाहा नभएको बताएका छन्।

भरतपुर महानगरपालिका-१४ स्थित नेपाल पुलिस स्कुल शान्तिपुरबाट मतदान गरेपछि उनले पत्रकारहरुलाई यस्तो जवाफ दिएका हुन्।

उनले आफू बिहीबार भरतपुरबाट माडी गए पनि निर्वाचन आचारसंहिता उलंघन गर्ने कुनै काम नगरेको बताए।

‘त्यहाँ पुगेर मैले हाम्रा उम्मेदवारलाई भेटेको हो, त्यो पनि कोठाभित्र’, उनले भने,’ मलाई लाग्छ मैले आचारसंहिता उलंघन गरेको छैन।’

दाहालले निर्वाचन आयोगले आफूलाई सोधेको ८ घण्टे स्पष्टीकरणबारे पनि जानकार नभएको बताएका छन्।

‘मलाई स्पष्टीकरण सोधिएको थाहा छैन’, उनले भने, ‘यसलाई राजनीतिकरण गर्ने कुरा सही भएन।’