प्रचण्डले सुनाए जय नेपाल र लालसलामबीच सहकार्यको कथा - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

प्रचण्डले सुनाए जय नेपाल र लालसलामबीच सहकार्यको कथा



भरतपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लाल सलाम र जय नेपालको सहकार्य जरुरी रहेको बताएका छन् ।

भरतपुरमा गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले हँसिया हथौडा र चार तारे झण्डा एकै ठाउँमा उभिएपछि नेपालमा प्रजातन्त्र पुनः स्थापना भएको स्मरण गरेका हुन् ।

‘लाल सलाम र जय नेपालको सम्बन्धको सुरुआत २०४६ सालको ऐतिहासिक जनआन्दोलनबाट सुरु भएको हो । त्यसभन्दा अगाडि वामपन्थी र प्रजातन्त्रवादीबीच सहकार्य हुने विषय अलि नकारात्मक मानिन्थ्यो । २०४६ सालको जनआन्दोलनको सन्दर्भमा हँसिया हथौडा र चार तारे झण्डा एकसाथ भएपछि मात्रै प्रजातन्त्र पुनः स्थापना भयो’, उनले भने ।

नेपालमा अझै पनि वाम–लोकतान्त्रिक एकता र सहकार्य जरुरी रहेकोमा दाहालले जोड दिए । गठबन्धनको विरुद्धमा उभिएका केही नेताहरूले सैद्धान्तिक प्रश्न उठाएको भन्दै प्रचण्डले आफूले सैद्धान्तिक नै जवाफ दिए ।

‘रुख र हँसिया हथौडा चिन्हको बारेमा कुरा गर्नुभएको छ । के ४६ सालको जनआन्दोलन, ६२र६३ को जनआन्दोलनको बलमा विस्तृत शान्ति सम्झौता हुनु हँसिया हथौडा र रुखको सहकार्य थिएन ? के त्यो गलत हो भन्न सक्नुहुन्छ ?’, प्रचण्डले प्रश्न गरे ।