रेशम चौधरीको पक्षमा खुले केपी ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कैलाली पुगेर जेलमा रहेका रेशम चौधरीको पक्षमा खुलेका छन् । ओलीले रेशम चौधरीलाई जेल हाल्नुपर्ने कुनै कारण नभएको बताएका छन् ।
कैलालीको बर्दगोरिया गाउँपालिकास्थित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले हुँदै नभएको मुद्दा लगाएर थारु नेताहरूलाई थुनेर राखेको बताएका हुन् ।
‘यो कैलालीमा टीकापुर घटना भयो । सो घटनाले गर्दा यहाँका थारु नेताहरू अहिले पनि जेलमा छन् । तर, रेसम चौधरी र थारु नेताहरूलाई जेल हाल्नुपर्ने कुनै कारण छैन’ ओलीले भने, सरकारले हुँदै नभएको मुद्दा लगाएर थारु नेताहरूलाई थुनेर राखेको छ ।’
ओलीले आफू सरकारमा रहेका बेला थारु कल्याणकारी समितिसँग ६ बुँदे सहमति समेत गरेको बताए ।
सहमति कार्यान्वयन नहुँदै एमाले सरकारबाट हटेको स्पष्ट पारेका थिए ।