एक्लिए कमल थापा, एकपछि अर्को गर्दै शक्तिशाली नेताले छोडे साथ्
काठमाडौं- राप्रपा छोडेर राप्रपा नेपालको नेतृत्व गरेका कमल थापा एक्लिएका छन् । पार्टी छोडेर नयाँ पार्टीमा जाँदा साथ् दिएका शक्तिशाली नेताहरूले नै एकपछि अर्को गर्दै कमल थापाको साथ् छोडिएका छन्
यस्तै राप्रपा नेपालका कोषाध्यक्ष चन्द्रबहादुर गुरुङले पनि कमल थापाको साथ छाडेका छन् । उनले बिहीबार एक विज्ञप्ति जारी गर्दै राप्रपाको नेपालको कोषाध्यक्षसहित साधारण सदस्य समेत नरहने गरि राजीनामा दिएका हुन् ।
कमल थापा नेतृत्वको राप्रपाबाट यसअघि उपाध्यक्ष उद्धब पौडेलसहित केही नेताले समेत राजीनामा दिइसकेका छन् । राजेन्द्र लिङ्देनसँग राप्रपा अध्यक्षमा पराजित भएपछि थापाले सो पार्टी छाडेर राप्रपा नेपाल गठन गरेका थिए ।
तर, उनको पक्षमा देशव्यापी कार्यकर्ताको साथ नभएपछि नेताहरू धमाधम छाड्दै राप्रपातिर फर्किने तयारीमा देखिएका छन् ।
केन्द्रीय सदस्यहरु उर्मिला अधिकारी र श्रीधर सुवेदीले पनि थापाको साथ छाड्दै पार्टीबाट राजिनामा दिएका थिए । गुरुङ कमल थापा राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलका अध्यक्ष हुँदादेखिका सहकर्मी थिए ।
२०३८ सालमा थापा नेपाल युवक संगठनका अध्यक्ष रहँदा गुरुङ उपाध्यक्ष थिए । गुरुङ २०७३ मा आदिवासी जनजाति प्रतिष्ठानका उपाध्यक्ष समेत भएका थिए ।