रामचन्द्र र जगन्नाथबीच चर्काचर्की, झोक्किएर निस्किए जगन्नाथ - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

रामचन्द्र र जगन्नाथबीच चर्काचर्की, झोक्किएर निस्किए जगन्नाथ



काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र भरतपुरका बागी उम्मेदवार जगन्नाथ पौडेलबीच चर्काचर्की भएको छ । चितवनका कांग्रेस नेताहरु कृष्णलाल सापकोटा, मेयरका उमेदवार पौडेललगायतको टोलीसँग बिहिबार बिहानै भएको छलफलमा चर्काचर्की भएको बतैएको छ ।

सत्ता गठबन्धनको संयुक्त सभालाई सम्वोधन गर्न सभापति शेरबहादुर देउवासँगै चितवन पुगेका पौडेलले त्यहाँका नेताहरुसँग छुट्टै छलफल गरेका थिए । नेता रामचन्द्र पौडेलले सभापति देउवासँग कुरा गरेर उमेदवारी फिर्ता लिइदिन आग्रह गरेका थिए । त्यसपछि चितवनका कांग्रेस नेताहरु आक्रोशित भएका थिए ।

चितवनका नेताहरूले माओवादीको पिछलग्गु बनेको आरोप लगाउँदै आफूहरूलाई यस्ता आग्रह नगर्न चेतावनी दिएका थिए“सक्नुहुन्छ भने रेणुलाई फिर्ता गराउनुस् । उमेदवारी फिर्ता लिने बैठकमा बस्दैनौँ । तपाईंले बोलाउनुभयो, तपाईंको अपमान नहोस् भनेरमात्रै आएका हौँ ।उमेदवारी फिर्ता गराउने कुरै नगर्नुस्,” जगन्नाथ पौडेलले आक्रोशित मुद्रामा भनेका थिए ।

जगन्नाथ पौडेल र अन्य नेताहरूले सभापति शेरबहादुर देउवासँग नभेट्ने भन्दै बाहिरिएका थिए । उनीहरूले देउवासँग कुरा गर्नुको कुनै औचित्य नभएकाले फेरि भेट्न नआउने बताउँदै बाहिरिएका थिए।

आफूहरूले ढाँटेर कुरा नगर्ने भन्दै, यस्ता कुरा गर्न कुरा गर्न म फेरि यहाँ नआउने बताएका थिए । नेता रामचन्द्र पौडेलले सभापति देउवासँग कुरा गर्न प्रस्ताव राखेको भए पनि चुनावी अभियान भएकाले आफूहरुलाई अहिले समय नभएको भन्दै चितवनका कांग्रेस नेताको टोली त्यहाँबाट निस्किएको थियो ।

सोही होटलमा रहेका सभापति देउवालाई नभेटी टोली निस्किएको थियो । उमेदवार जगन्नाथ पौडेल, प्रस्तावक कृष्णलाल सापकोटा, समर्थक मीना खरेल, पूर्वसांसद भीमबहादुर श्रेष्ठलगायतका नेता देउवा, पौडेलसहितका नेता बसेको होटल पुगेका थिए ।