उम्मेदवारको घरमा शंकास्पद वस्तु बस्तु फेला, बम भएको आशंका - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

उम्मेदवारको घरमा शंकास्पद वस्तु बस्तु फेला, बम भएको आशंका



मोरङ- मोरङमा एक उम्मेदवारको घर नजिकै शंकास्पद बस्तु फेला परेको छ । नेकपा एमालेबाट सुन्दरहरैंचाको वडा नम्बर ११ मा वडा सदस्य पदमा उम्मेद्वारी दिएका जीवनाथ ढकालको घर छेउमा शंकास्पद वस्तु फेला परेको हो ।

एका बिहानै पूर्व माओवादी नेता ढकालको सुन्दरहरैंचा–११ शुक्रबारेमा रहेको घर नजिकै सो वस्तु फेला परेको हो । शंकास्पद वस्तुमा तार जोडिएको र केही पर्चा पनि देखिएको स्थानीयले बताएका छन् ।

बिहान झिसमिसेमा भैंसी दुहुन जाने क्रममा परिवारका सदस्यले शंकास्पद वस्तु देखेर प्रहरीलाई जानकारी गराएका थिए ।अहिले इलाका प्रहरी कार्यालय बेलबारीको टोली आएर सो क्षेत्रलाई सुरक्षा घेरामा राखेको छ ।