जगन्नाथ पौडेलसँग 'वान टु वान' गर्दै देउवा - Himal Post Himal Post
  • २९ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 12 2026
Logo

जगन्नाथ पौडेलसँग ‘वान टु वान’ गर्दै देउवा



काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवाले जगन्नाथ पौडेलसँग ‘वान टु वान’ गर्दैछन् । भरतपुर आएका देउवाले महानगरपालिकाका बागी उम्मेदवार पौडेलसँग भेट गर्ने भएका हुन् ।

सत्ता गठबन्धनको सभालाई सम्बोधन गर्न चितवन पुगेका प्रधानमन्त्री एवं सभापति देउवासँग केहीबेरपछि भेट हुन लागेको हो। बागीलाई फकाउन देउवा चितवनमा हिजोदेखि नै चितवनमै बास बेसेका छन्।

पौडेलले सभापति देउवाले भेट्न बोलाएको र आफू साथीहरुसँग छलफल गरेरमात्रै भेट्न जाने तयारीमा रहेको बताए।

भरतपुर महानगरको उम्मेदवार माओवादी केन्द्रलाई दिएपछि कांग्रेस कार्यकर्ता रुष्ट छन्। कांग्रेस नेता पौडेललाई फकाउन गृहमन्त्री बालकृष्ण खाण, राज्यमन्त्री उमेश श्रेष्ठ, पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीलगायतले पहल गरे पनि पौडेलले मानेका छैनन्।