कांग्रेसलाई जिताए ६५ वर्षमै वृद्धभत्ता दिन्छौँ: देउवा - Himal Post Himal Post
  • २९ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 12 2026
Logo

कांग्रेसलाई जिताए ६५ वर्षमै वृद्धभत्ता दिन्छौँ: देउवा



विराटनगर : नेपाली कांग्रेसका सभापति एवं शेरबहादुर देउवाले कांग्रेसले जितेमा ६५ वर्षदेखि नै वृद्धभत्ताको प्रवन्ध गर्ने बताएका छन्।

नेपाली कांग्रेस मोरङले बुधबार विराटनगरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले पहिला पनि आफूले यही व्यवस्था गरेको भए पनि केपी ओलीले नमानेको बताए।

एमालेले ७० वर्षमा वृद्धभत्ता दिएको भन्दै उनले आफूहरुको सरकार आए ६५ वर्षमा नै वृद्धभत्ता दिने बताए। उनले गठबन्धन राष्ट्रिय आवश्यकता भएकाले गठबन्धनमा आँच आउने गरी काम नगर्न नेता-कार्यकर्तालाई निर्देशन दिए।

सभालाई सम्बोधन गर्दै पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले परिवर्तनको रक्षा गर्न गठबन्धन आवश्यक भएको बताए। विराटनगर राजनीतिको सन्देश दिने स्थान भएकाले गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन समेत आग्रह गरे।

चुनावी सभालाई कांग्रेस नेता डा. शेखर, मिनेन्द्र रिजाल, महामन्त्री डिना उपाध्याय लगायतले सम्बोधन गरेका थिए।