प्रचण्डलाई साइजमा ल्याउन भरतपुरमा एमालेले जगन्नाथलाई सघाउनेबारे छलफल - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

प्रचण्डलाई साइजमा ल्याउन भरतपुरमा एमालेले जगन्नाथलाई सघाउनेबारे छलफल



काठमाडौं- निर्वाचनले देशभर निकै चहलपहल बढेको छ । देश चुनावमय भएपनि दुई महानगरमा भने छुट्टै खालको चुनाव लागेको छ । दुई महानगरमा देखिएको चुनावको रौनकले देशभरको माहोल ओझेलमा पारेको छ । काठमाडौं र भरतपुर महानगरपालिकाको चुनावी चर्चा हेर्नेहो भने निकै मनोरन्जक लाग्छ । दुवै महानगरको चर्चाको कारण भने एकै छ, त्यो हो स्वतन्त्र उम्मेदवार ।

यसमा पनि भरतपुरको चुनाबी माहोल अल्ली फरक छ । पाँच दलीय गठबन्धनले नेकपा (माओवादी केन्द्र)की नेतृ एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्री रेनु दाहाललाई पुनः मेयरमा उठाएको छ । एमालेले उठाएका उम्मेदवार पनि ‘हेभीवेट’ हुन् । सत्ता गठबन्धनले रेणुलाई उठाएपछि कांग्रेसमा भएको चर्को असन्तुष्टिले स्वतन्त्रमा उठेका जगन्नाथ पौडेलको चर्चा देशभर भैरहेको छ । चर्चा र प्रचारको हिसावले जगन्नाथ त्यहाँका सबैभन्दा हेभिवेट उम्मेदवार जस्तै देखिएका छन् ।

अघिल्लो निर्वाचनमा पनि झिनो मतान्तरले जितेकी मेयर उम्मेदवार रेनु दाहालका निम्ति भारतापोरको निर्वाचन अहिले फलामको चिउरा जस्तै बनेको छ । नेकपा (एमाले)का उम्मेदवार विजय सुवेदी मात्र होइन गठबन्धनकै काँग्रेसका नेता जगन्नाथ रेनुका लागि ठुलो चुनौती बनेका छन् ।

अझै रोचक त के छ भने जगन्नाथ तेनुका लागि जति चुनौतीबनेका छन् त्योभन्दा बढी एमालेका उम्मेदवार विजय सुबेदीको लागि चुनौती बनेका छन् ।

सुरुमा जगन्नाथको उम्मेदवारीले एमालेलाई फाइदा पुग्ने देखिएपनि पछिल्लो आंकडाले एमालेलाई झनै चुनौती देखाएको छ । दुबैका लागि चुनौती बनेपछि जगन्नाथ दुवैतर्फको तानातानमा परेका छन् । पौडेललाई आफ्नो पक्षमा ल्याउन भरतपुरका एमाले र सत्ता गठबन्धन उम्मेदवार दुवै लागिपरेका छन्।

गठबन्धनका शिर्ष नेताहरूले उम्मेदवारी छोडेर रेनुलाई सघाउन भन्दै अनेक प्रयास गर्दापनि जगन्नाथले कारबाही खपेरै भएपनि पार्टीले गरेको अन्यायको सामाना गर्ने बताएका छन् । आफू काँग्रेसबाट कारबाही भोग्न तयार भए तर उम्मेदवारी फिर्ता लिएनन्। गठबन्धनका नेताले निर्वाचनको दिनसम्म पौडेलले आफ्नो निर्णय पुनः विचार गर्ने विश्वास गरेको छ तर माहोलले भने त्यस्तो देखाएको छैन ।

गठबन्धनबाट तर्सिएको एमाले पनि लागातार पौडेलसँग वार्तामा रहेको बताइएको छ । पौडेलको सहयोग लिएको खण्डमा जित सुनिस्चित हुने एमालेको ठहर छ । कतिपयले एमालेकै उक्साहटमा पौडेलले उम्मेदवारी दिएको आरोप समेत लगाउने गरेका छन् ।

एमाले नेताहरूका अनुसार जगन्नाथ र एमालेको उद्देश्य एकै भएकाले मिल्ने सम्भावना भएको बताउँछन् । रेणुलाई हराउने मुख्य लक्ष्य भएकाले पनि जगन्नाथले चुनावको दिनसम्म एमालेलाई साथ् दिने ति नेताको विश्वास छ । भरतपुरमा पौडेललाई सहयोग गर्दै आएका चितवनका कांग्रेस नेताहरू भने उनी मेयर पदमा विजयी हुनेमा विश्वस्त छन्।

जगन्नाथको चुनावी अभियानमा खटिएका केहि कांग्रेस नेताहरूले एमालेसँग सहकार्य हुनसक्ने बताउने गरेका छन् । निर्वाचनको अन्तिमसम्म पुग्दा पौडेल र एमालेबीच सहकार्य हुनसक्ने ति नेताको विश्वास छ, तर यसअघि एमालेको उक्साहटमा लागिको भन्ने आरोप चाहिं झुटो भएको उनको दाबी छ।

त्यतिमात्र होइन एमालेका लागि पनि निकै पेचिलो बनेको भरतपुर महानगर माओवादी केन्द्रका अध्यक्ष दाहाललाई जवाफ दिनकै लागि पनि एमालेले पौडेललाई मतदान गर्नसक्ने आंकलन गरिएको छ । एक तिर दुई निसानी बनाएर एमालेले जगन्नाथलाई भोट गरेको खण्डमा अनौठो नहुने चितवन एमालेका केहि नेताहरू बताउँछन् ।

अहिलेको एमालेको प्रमुख दुस्मनका रूपमा चिनिएका प्रचण्डका लागि एमाले जे पनि गर्न तयार छ । अहिले मेयरमा छोरीलाई हराएको खण्डमा आउने संसदीय चुनावमा पनि प्रचण्डलाई पल्टाउन सकिने एमालेको आंकलन छ ।

केहि नेताहरूका अनुसार यो मोडेलमा पनि छलफल भैरहेको दाबी गर्छन । एमालेको मुद्दा नै रेनुलई हराउने हो, त्यो मुद्दा सफल पार्न जगन्नाथलाई सहयोग गरेको खण्डमा भरतपुर कांग्रेसले अर्को चुनावमा एमालेलाई समर्थन गर्नपनि सक्छ । जगन्नाथले उम्मेदवारी निष्क्रिय नगरेको खण्डमा एमालेलाई पनि असहज अवस्था सिर्जना हुने देखिएको छ ।

तुलनात्मक रूपमा माओवादीले पहिले भन्दा अहिले संगठन सुधार गरेको छ भने विकास गरेकै कारण एमाले कांग्रेसका केहि मतदाताले रेणुलाई मतदान गर्नेमा एमाले कांग्रेसकै नेताहरूले नकार्न सक्दैनन् । त्यसमाथि एमाले विभाजन भएको अवस्था छ । राप्रपाका केहि मतदाताले एमालेलाई भोट नदिने बताइन्छ ।

पौडेलको स्वतन्त्र उम्मेदवारीले साधारण तरिकाले हेर्दा रेनु दाहाललाई असर पर्ने देखिए पनि त्यति नै असर सुबेदीलाई पनि पर्ने देखिन्छ । पौडेलका कारण रेणुलाई भन्दा विजय सुवेदी अप्ठ्यारोमा पर्ने देखिएको एक नेताले बताएका छन् ।

भरतपुरको मेयरमा आफ्नो उम्मेदवार उठाउन नपाएपछि असन्तुष्ट कांग्रेस कार्यकर्ताको मत सुवेदीले पाउने सम्भावना थियो। त्यसैले नै कांग्रेस कार्यकर्ताको सहानुभूती पाउन सुवेदीले उम्मेदवारी दर्ताको दिन बीपी कोइराला क्यान्सर अस्पतालमा रहेको बीपीको सालिकमा माल्यार्पण गरेका थिए। अघिल्लो स्थानीय निर्वाचनमा कांग्रेसका कार्यकर्ताले देवी ज्ञवालीलाई मतदान गरेका कारण पनि उनले त्यहि मत तान्न कांग्रेसको मन जित्ने कोसिस गरेका थिए तर अहिले पौडेलका कारण एमाले उम्मेदवार सुवेदीलाई भोट नपर्ने देखिन्छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका लागि पनि भरतपुरको मेयर पद प्रतिष्ठाको विषय बनेको छ । उनको निर्वाचन क्षेत्र भएकाले पनि प्रचण्डका लागि भरतपुर जित्नै पर्ने बाध्यता छ । त्यहि बाध्यतामाथि खेलेर भएपनि एमालेले रेनुलाई हराउनुपर्ने अर्को बाध्यता छ ।

त्यति गर्न सकेको खण्डमा प्रचण्डको धरातल खस्किने एमालेको बुझाई छ। सबै हतकण्डा लगाएर भएपनि एमालेले प्रचण्डको धरातल खस्काउने अभियानमा लागेकाले सहकार्य नहोला भन्न सकिन्न ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाका कुल २९ वडामा १३ वडामा कांग्रेस विजयी हुँदा १३ ओटा वडामा एमालेले विजय हासिल गरेको थियो। मेयर पद जितेको माओवादी केन्द्र भने तीन ओटा वडामा सिमित थियो।

रेनु दाहालले ४३ हजार एक सय २७ मत प्राप्त गरेकी थिइन् भने उनका निकटतम प्रतिस्पर्धी देवी ज्ञवालीले ४२ हजार नौ सय २४ मत प्राप्त गरेका थिए। उक्त निर्वाचनमा मेयर पदमा कुनै उम्मेदवार नरहे पनि कांग्रेसले सात हजार मत प्राप्त गरेको थियो।