चुनावको मुखैमा वामदेव गौतम एकीकृत समाजवादीमा !
एमाले त्यागेर गुमनाम भएका वामदेव गौतमले नेकपा एकीकृत समाजवादीको चुनावी गीत रचना गरेका छन् ।
राजनीतिक अभियानबाट गुमनाम भएको आरोप लागेका गौतमले ‘जनता जगाउने कलममा छाप लगाउने’ एकीकृत समाजवादीको चुनावी गीत गौतमले लेखेका हुन् ।
उक्त गीत पार्टी अध्यक्ष माधव नेपाललले आफ्नो फेसबुकमा सार्वजनिक समेत गरेका छन् । अध्यक्ष नेपालले उक्त गीतको सृजना नेता गौरमाले गरेको उल्लेख गरेका छन्
एमालेबाट राजीनामा दिएपछि गौतम कुनै पनि पार्टीमा आबद्ध छैनन् । गीतमा कृष्ण केसी र जुना श्रीष मगरले स्वर दिएका छन् ।
एकीकृत समाजवादीमा लागेको चर्चा
नेता गौरमाले एमाले छोडेपछि एकीकृत समाजवादीसँग नजिक भएको चर्चा चल्ने गरेको छ । उनले चुनावकै मुखमा एकीकृत समाजवादीको लागि गीत नै लेखेपछि धेरैले उनी माधव नेपाल नेतृत्वको नेकपा एसमा लागेको बताएका छन् ।
एमालेमा दुईलाइन् संघर्ष चलिरहेका बेला गौतमले केपी ओली खराब भएको भन्दै माधव नेपालले नयाँ पार्टी गठन गरेको खण्डमा आफूले साथ् दिने बताएका थिए । माधवले पार्टी गठन गरेपछि भने उनी गुमनाम जस्तै बनेका थिए ।