२७ वर्षमै पालिका अध्यक्षको दाबेदार, पानी बेचेर पालिका चलाउने योजना - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

२७ वर्षमै पालिका अध्यक्षको दाबेदार, पानी बेचेर पालिका चलाउने योजना



स्थानीय तहको निर्वाचन नजिक आएपछि उम्मेदवारहरू चुनावी मैदानमा खटेका छन् । घरदैलोदेखि सार्वजनिक कार्यक्रमहरूमा केन्द्रदेखि स्थानीय नेताहरू दौडिरहेका छन् । चुनाव नहुने हो कि भन्ने त्रासबाट राजनीतिक दल तथा सर्वसाधारणहरू मुक्त भैसकेका छन् ।

अघिल्लो स्थानीय चुनावभन्दा यसपटकको चुनावमा युवाहरू बढी सक्रिय देखिएका छन् भने उम्मेदवार बन्नेमा पनि अघिल्लोमा भन्दा अहिलेको चुनावमा युवाहरू बढी छन् । दलले टिकट नदिएको भन्दै कैयौँ युवाहरूले स्वतन्त्रमा चुनाव लडिरहेका छन् ।

यस्तै प्रेरणाकी पात्र बनेकी छन् २७ वर्षीया सिर्जना लामा । लामा रसुवाको नौकुण्ड गाउँपालिकाको अध्यक्षको प्रत्याशी हुन्। उनलाई भने आफ्नै दलले टिकट दिएको हो ।

नेकपा एमालेका थुप्रै आकाङ्क्षीलाई पन्छाउँदै उनी स्थानीय तह निर्वाचनका लागि अध्यक्षको उम्मेदवार बनेपछि चर्चामा आएकी छन्। एमालेबाट उम्मेदवार बनेकी लामाको प्रतिस्पर्धा भने नेपाली कांग्रेसका नुर्बु साङ्बो घलेसँग चुहुँदैछन्।

घले रसुवाको नौकुण्ड गाउँपालिकाको अघिल्लो कार्यकालका अध्यक्ष थिए भने लामा उपाध्यक्ष थिइन्। अध्यक्षको उम्मेदवारका लागि एमालेबाट ६-७ जनाले दाबी गरेका थिए। तर लामा सर्वसम्मत चुनिइन्।

गाउँपालिकाको अध्यक्षको उम्मेदवार बन्न ६-७ जनाले दाबी गरेका तर पार्टीका नेता र आकाङ्क्षीहरूसँग सल्लाह गरेपछि सर्वसम्मत उम्मेदवार भएको उनले बताउने गरेकी छन् ।उपाध्यक्ष भएर काम गर्दा अध्यक्ष फरक पार्टीको भएकाले सोचे जस्तो काम गर्न नपाएको उनको भनाइ छ।

उपाध्यक्षको रूपमा गएको कार्यकालमा अध्यक्षको पार्टी फरक भएकाले कतिपय काम गर्न नसकिएको उनले बताउने गरेकी छन् । लामाले गाउँपालिकाका लागि गर्नुपर्ने कामको मालो योजना बनाएकी छन्।

किसानलाई अनुदान र कृषिजन्य वस्तुको बजार व्यवस्थापन गर्नेउनको योजना छ ।महिलाका लागि सीपमूलक तालीम सञ्चालन गरी उद्यमी बनाउने, वैदेशिक रोजगारीमा गएका युवालाई सीप र योग्यता अनुसार गाउँमै काम दिने उनको योजना छ। युवाको भेला गरी उनीहरूको समस्या बुझेर कार्यक्रम निर्माण गर्ने, गाउँपालिकाभित्र रहेका सबै सडकलाई बाह्रै महीना सञ्चालनयोग्य बनाउने र मुख्य सडक कालोपत्रे गर्ने लामाको योजना छ। यस्तै‚ पुल निर्माण‚ पालिकाभित्र निर्माण हुने जलविद्युत् आयोजनालाई छिटै सम्पन्न गर्ने वातावरण मिलाउने उनी बताउँछिन्।

महिला सम्बन्धी विशेष कार्यक्रम पनि उनको योजनामा छ। स्वच्छ भान्सा त२७ वर्षीया सिर्जना अध्यक्षको प्रत्याशीथा स्वस्थ जीवन कार्यक्रम सञ्चालन, गर्भवतीको स्वास्थ्य बीमा कार्यक्रम, हिंसामा परेका महिलाको उद्धार, कानूनी सहयोग तथा महिला संरक्षण कोष सञ्चालन गर्ने, विकासमा महिला समृद्धिमा पहिला कार्यक्रम सञ्चालन गर्ने योजना तयार पारेकी छन्।

उनको सबैभन्दा महत्वाकांक्षी योजना भनेको नौकुण्डको पानी प्रशोधन गरी काठमाडौंसम्म पुर्‍याउने योजना रहेको छ। पानीबाट पालिकाले राम्रो आम्दानी गर्ने, रोजगारी बढाउने उनको आंकलन छ ।