सयौँ यात्री बोकेर उडेको जहाज एकाएक हल्लियो, ४० घाइते, १० गम्भीर - Himal Post Himal Post
  • २९ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 12 2026
Logo

सयौँ यात्री बोकेर उडेको जहाज एकाएक हल्लियो, ४० घाइते, १० गम्भीर



नयाँ दिल्ली : भारतमा स्पाइस जेटको विमान दुर्घटना हुनबाट जोगिएको छ।

आइतबार पश्चिम बंगालको दुर्गापुरस्थित काजी नजरुल इस्लाम एयपोर्टमा ल्यान्डिङ गर्नुअघि बेस्सरी आएको आँधीले विमान हल्लाएको भारतीय सञ्चार माध्यहरुले जनाएका छन्।

हावाहुरीका कारण विमान अत्यधिक हल्लाएको र भित्रको सामान झर्दा कम्तिमा ४० जना घाइते भएका छन्। तीमध्ये १० जना गम्भीर रहेको इन्डिया टुडेले जनाएको छ। उनीहरुको अस्पतालमा उपचार भइरहेको बताइएको छ।

स्पाइस जेटले आफ्नो विमान बोइङ बी७३७ विमान मुम्बईबाट उडेको र दुर्गापुरमा ल्यान्ड गर्नुअघि हावाहुरीका कारण विमान हल्लाएको जनाएको छ।

उसले अकस्मात हुन गएको टर्बुलेन्सका लागि क्षमा माग्दै स्वास्थ्य उपचारमा कुनै कमी नराख्ने जनाएको छ।