कांग्रेसले बागी उम्मेदवारहरूलाई कारबाही नगर्ने - Himal Post Himal Post
  • २९ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 12 2026
Logo

कांग्रेसले बागी उम्मेदवारहरूलाई कारबाही नगर्ने



काठमाडौं। नेपाली कांग्रेसले पार्टीको आधिकारिक उम्मेदवारलाई सघाउने वक्तव्य निकाल्ने बागी उम्मेदवारलाई कारबाही नगर्ने भएको छ।

आइतबार पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीको निर्देशनविपरीत उम्मेदवारी दिने व्यक्ति पार्टी विधानअनुसार स्वतः पार्टीबाट निष्काशित हुने भए पनि पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा वक्तव्य निकाल्ने बागी उम्मेदवारलाई पार्टीबाट निष्काशन नगरिने बताए।

उहाँले प्राविधिक कारणले समयमै उम्मेदवारी फिर्ता लिन नसक्नेहरुले आधिकारिक उम्मेदवारको पक्षमा वक्तव्य निकारेर प्रचारमा गएमा बिधानको व्यवस्था अनुसार नहुने उल्लेख गरे। पार्टी र गठबन्धनको निर्णय अनुसार आधिकारिक उम्मेदवारको पक्षमा आउन पनि बागी उम्मेदवारहरुलाई आग्रह गरे।

“हाम्रो विधानको व्यवस्थाअनुसार जसले पार्टीको निर्देशनविपरीत उम्मेदवारी दिन्छ, स्वतः पार्टीबाट निष्काशित हुने व्यवस्था छ। तर पनि प्राविधिक कारणले तालमेल पछिल्लो समयसम्म मिलाउनुपर्ने कारण समयमा उम्मेदवारी फिर्ता दिन सक्नुभएन, प्राविधिक कारणले। पछि पार्टीको निर्देशनमा जसले वक्तव्यमार्फत र पूरै समर्पित भएर आधिकारिक उम्मेदवारको पक्षमा जसले आफ्नो उम्मेदवारी फिर्ता लिनुहुन्छ, र आधिकारिक उम्मेदवारको पक्षमा प्रचारमा जानुहुन्छ उहाँहरुलाई जुन विधानको व्यवस्था छ त्यसलाई किनभने पार्टीको पक्षमा काम गरिसकेको हुनाले त्यो लागु नगर्ने कुराहरु हामी गर्छौ।”