२२ प्रतिस्पर्धीलाई छायाँमा पारेका अर्जुन भन्छन्: मैले धेरै समर्थन पाएको छु
देशभर स्वतन्त्र उम्मेदवारहरूले चर्चा कमाइरहेका बेला लुम्बिनी सांस्कृतिक नगरपालिकामा स्वतन्त्र उपमेयरको उम्मेद्वारी दिएका अर्जुन कुर्मीले आफ्नो जित सुनिस्चित रहेको बताएका छन् । विभिन्न सामाजिक कार्यमार्फत लुम्बिनी क्षेत्रमा अलग्गै पहिचान बनाएका छन् ।
युवाहरूमाझ निकै लोकप्रिय कुर्मीले लुम्बिनी सांस्कृतिक नगरपालिकामा उपमेयर पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएपछि उनको प्रतिस्पर्धामा रहेका उपमेयर पदका अन्य २२ जना उम्मेदवार छायाँमा परेका छन् । लुम्बिनी क्षेत्रकै लेही युवाहरूले अर्जुन मेयरमा लड्ने हैसियत भएका युवा भएकाले उनको चर्चा बढी भएको बताउने गरेका छन् ।
अहिले उनको चुनावी अभियानमा यस क्षेत्रका सयौँ युवाहरू खटिएका छन् । म आफै पनि युवा र लुम्बिनी क्षेत्रको प्रवर्दनमा लामो समय काम गरेकाले स्वतस्फुर्त रूपमा मलाई आफ्नो क्षेत्रका जनताले साथ् दिएका छन् । जितेपछि मैले उहाँहरूको काम गरिदिन्छु भन्नेमा मेरा नगरबासी ढुक्क हुनुहुन्छ त्यसैले मैले धेरै समर्थन पाएको छु, अर्जुनले भने ।
कुर्मी लामो समयदेखि युवाको समस्याका बारेमा काम गरिरहेका युवा भएकैले पनि उनको चर्चा हुने गरेको यहाँका स्थानीयहरू बताउँछन् । उनले पर्यावरण, बन्यजन्तु संरक्षण र पर्यटन प्रवर्दन अभियानमा अभियानताका रूपमा लामो समयदेखिकाम गरिरहेका छन्।
गौतम बुद्ध जन्मिएको प्रसिद्ध स्थानमा रहेको लुम्बिनी सांस्कृतिक नगरपालिका नेपालकै सबैभन्दा ठुलो मध्यको एक पर्यटकीय स्थल हो । कुर्मीले यहाँको पर्यटन प्रवर्दनमा अब फरक अभियान चलाउनुपर्ने बताउँछन् । स्वास्थ्य र शिक्षा फ्री, जेष्ठ नागरिकको लागि घरमै स्वास्थ्यकर्मी पठाउने, युवाहरू रोजगारी, एक घर एक उद्यमी, युवा स्वास्थ्य र खेल प्रवर्द्धनका लागि खेल मैदान, कृषकको लागि किसान कार्डमार्फत बिउबीजन, सिंचाईको लागि नहर, फ्री वाईफाई जोन, विद्यालय स्तरोन्नती, अंग्रेजीमा पढाइ, खुला ब्यायम स्थल, रिक्सा र ट्याक्सीका लागि लुम्बिनीमा इन्ट्री फ्री, किशोरीको पढाईको लागि प्राविधिक विद्यालय, स्वास्थ्यकर्मी र स्व्यंसेविकालाई सेवा सुबिधा बढाउने, होम स्टे संचालन, लुम्बिनीलाई ग्रीन र क्लीन सिटी बनाउने, लुम्बिनीमा अन्तरास्ट्रिय लगानी भित्र्याउने, घातक रोगको लागि निशुल्क स्वास्थ्य सेवा दिने, कालिदा भन्सारलाई ठूलो भंसार बनाउने लगायतका एजेण्डा लिएर उनले चुनावी अभियान थालेका छन् ।
लुम्बिनीका स्थानीय तथा युवाहरूले कुर्मी आफै भिजन भएका युवा भएकाले काम गर्न सक्ने बताउने गरेका छन् । केहि युवाहरूले त उनलाई मेयर पदमै उठ्नका लागि अभियान चलाएका थिए ।
उनका बाबु गंगाराम कुर्मी लामो समयदेखि राजनीति र समाजसेवा गरेका व्यक्ति हुन् । अर्जुनलाई चुनावमा होमिनको लागि उनकै बाबु गंगारामले हौसाएका हुन् । गंगाराम आफै नउठेर युवालाई अगाडी सारेकोमा पनि युवाहरू उत्साही बनेका छन् ।
२२ जना प्रतिस्पर्धीमा उनकै चर्चा
लुम्बिनी सांस्कृतिक नगरपालिकामा उपमेयरमा २२ जनाले उम्मेदवारी दिएका छन् । त्यसमध्य केहि विभिन्न दलहरूबाट छन् भने केहि स्वतन्त्र उम्मेदवार छन् । उपमेयरमा नेकपा एमालेबाट कल्पना हरिजनले उम्मेदवारी दिएकी छन् । उनी निजि विद्यालयकी संचालिका हुन् । त्यस्तै जनता प्रगतिशील पार्टी नेपालबाट जानकी देबी श्रीवास्तव उपमेयरकी उम्मेदवार छन् । उनी यसअघिकी उपमेयर हुन् । उनी ७१ वर्षकी छन् ।
त्यस्तै उपमेयरको प्रतिस्पर्धामा ठेक्कापट्टा व्यवसायी नियव कुमार श्रीवास्तव पनि स्वतन्त्र उपमेयर पदका उम्मेदवार हुन् । नेपाली कांग्रेसबाट पुष्पा उपाध्याय पनि उपमेयरको मैदानमा छन् । लोकतान्त्रिक समाजवादी पार्टीबाट प्रमिला यादव मैदानमा छन् उनी गृहणी हुन् ।
त्यस्तै नेकपा माओवादी केन्द्रबाटशान्ति देवी यादव पनि उठेकी छन् । उनी पनि गृहणी हुन् । नेकपा एकीकृत समाजवादी पार्टीबाट कृषि विकाश बैंकका पूर्वकर्मचारी सपियुल रहमान अन्सारी पनि चुनावी मैदानमा छन् । जनता सामाजवादी पार्टीबाट सबनम जहाँ सेख उम्मेदवार छन् । उनी शिक्षक हुन् । त्यस्तै जनमत पार्टीले २६ वर्षकी सिन्धिया लोधलाई उठाएको छ । उनी लगायत २२ जना प्रतिस्पर्धीमा कुर्मीको नाम सबैभन्दा अगाडी आउने गरेको छ । यस क्षेत्रमा अर्जुनले उपमेयरमा जित्ने धेरैजसो स्थानीयको दाबी छ ।