आइजीपी नियुक्तिमा निर्वाचन आयोगको सहमति - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

आइजीपी नियुक्तिमा निर्वाचन आयोगको सहमति



काठमाडौँ – निर्वाचन आयोगले प्रहरी प्रमुखको बढुवा गर्न यसअघि नै सहमति दिइसकेको जनाएको छ । सरकारले आज प्रहरी महानिरीक्षकमा धीरजप्रताप सिंहलाई नियुक्त गर्दा आयोगसँग पूर्व स्विकृति लिएको पाइएको हो।

आयोगले यसअघि नै सरकारलाई प्रहरी प्रमुखहरूको रिक्त रहेको पदमा नियुक्तिका लागि प्रक्रियामा सहमति दिइसकेको जानकारी दिएको छ ।

आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाका अनुसार सरकारले यसअघि नै प्रहरी प्रमुखहरूको बढुवामा सहमति लिइसकेको जानकारी दिएका हुन् ।

‘निर्वाचनका बेलामा दुवै सुरक्षा निकाय प्रमुखहरू बढुवा गर्न आयोगले सहमति दिएको हो ‘ थपलियाले भनेका छन् । निर्वाचनका बेला सरकारले सरुवा बढुवा गर्न पाउँदैन् । तर, रिक्त रहेको प्रहरी प्रमुखका लागि भने आयोगसँग पूर्व स्विकृती लिइसकेको आयोगले जानकारी दिएको छ।