एमाले उम्मेदवारले हाने माओवादी कार्यकर्तामाथि खुकुरी, तीन घाइते - Himal Post Himal Post
  • २९ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 12 2026
Logo

एमाले उम्मेदवारले हाने माओवादी कार्यकर्तामाथि खुकुरी, तीन घाइते



काठमाडौं​- पाँचपोखरी थाङपाल गाउँपालिकामा एमाले कार्यकर्ताको कुटपिटबाट नेकपा माओवादी केन्द्रका तीन कार्यकर्ता घाइते भएका छन् । पाँचपोखरी थाङपालधाप गाउँपालिका–७ का एमाले वडाध्यक्षका उम्मेदवार सुके तामाङ र देवराज गुरुङको समूहले खुकुरी प्रहार गरी माओवादी कार्यकर्तालाई घाइते बनाएका हुन् ।

आफ्नो पार्टीको चुनाव प्रचारमा खटिरहेका बेला ज्यान मार्ने उद्धेश्यका साथ एमाले कार्यकर्ताले आक्रमण गरेका र आक्रमणबाट घाइते भएकाहरूको अहिले काठमाडौमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी दक्षकुमार बस्नेतले रातको समयमा झगडा भएकाले यथार्थ बुझ्दै गरेको बताए । उनले घाइतेमध्ये एक जनालाई उपचारका लागि काठमाडौं लगिएको जानकारी दिए । गम्भीर घाइते जीवन पुरीलाई थप उपचारका लागि काठमाडौं ल्याइएको हो।

माओवादीका जिल्ला अध्यक्ष गोविन्द पराजुलीले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै एमालेबाट आफ्ना कार्यकर्तामाथि भएको कुटपिटको भर्त्सना गर्दै दोषीमाथि कडा कारबाही गर्न प्रशासनसँग माग गरेका छन् । उनले आगामी दिनमा यस्ता अवाञ्चित गतिविधि नगर्न र घटना दोहोरिन नदिन पनि एमालेलाई सचेत गराएका छन् ।