स्थापितलाई कारबाही गर्न चौतर्फी दवाव - Himal Post Himal Post
  • २९ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 12 2026
Logo

स्थापितलाई कारबाही गर्न चौतर्फी दवाव



काठमाडौँ- महानगरपालिकाका मेयर उम्मेदवार केशव स्थापितले सार्वजनिक कार्यक्रमहरूमा महिलालाई होच्याउने र चरित्र हत्या गर्ने जस्ता दिएका असंवेदनशील अभिव्यक्तिप्रति ओरेक, महिला मावन अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जाल लगायत अधिकारको क्षेत्रमा कार्यरत संघसंस्थाहरूको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

यौन दुर्व्यवहारको आरोपमा मुछिएका स्थापितलाई उनी आबद्ध पार्टीले त्यस्तो संवेदनशील विषयलाई बेवास्ता गरी मेयरको उम्मेदवारीमा उठाएको बताउँदै संस्थाले स्थापितले आफूलाई लागेको आरोपको बारेमा स्पष्टीकरण दिनुको साटो उल्टै प्रश्न गर्ने महिलाहरूको चरित्र हत्या गर्ने अभिव्यक्ति दिनु निन्दनीय र कानुनी रूपमा दण्डनीय रहेको बताएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘उनको यु आर नाइस लेडि तर तपाईको थुतुनो ठिक छैन भन्ने र यो बहिनीले वेश्यावृत्ति गर्छ भनेर म पनि छपाऊँ जस्ता निकृष्ट र अत्यन्तै असंवेदनशील अभिव्यक्ति आफैमा लैङ्गिक हिंसा हो । जसले गर्दा उनी मेयरको उम्मेदवार हुन लायक छैनन् भन्ने स्पष्ट हुन्छ ।

व्यक्तिको मौलिक हक कुण्ठित गर्ने उनका कार्यलाई राज्यले तुरुन्त कारबाहीको दायरामा ल्याउनुपर्ने संस्थाले ठहर गरेको छ । त्यसैगरि उनलाई विगतमा लागेका आरोपहरू मुलुकी अपराध संहिताको दफा २२४ (यौन दुर्व्यवहार गर्न नहुने ), १६८ (अपमानजनक वा अमानवीय व्यवहार गर्न नहुने ) र ११८ (अभद्र व्यवहार गर्न नहुने ) विरुद्ध भएकाले सोही अनुरूप अनुसन्धान भई कानुनी दायरामा ल्याइनुपर्ने संस्थाको माग छ ।