मेयरबाट राजीनामा दिएर वडा सदस्यमा उम्मेदवारी - Himal Post Himal Post
  • २९ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 12 2026
Logo

मेयरबाट राजीनामा दिएर वडा सदस्यमा उम्मेदवारी



इटहरी- स्थानीय तहको निर्वाचन नजिक आइरहेका बेला केहि रोचक दृश्य देखिएका छन् । धेरैजसो पालिकाका प्रमुख र अध्यक्ष दोहोरिनेगरी चुनाव लड्दा सुनसरीका एक हेभिवेट नेता भने वडा सदस्यमा उठेका छन् ।

सुनसरीको सदरमुकाम इनरुवा नगरपालिकाका मेयर राजन मेहेता वडा सदस्य उठेका छन् । इनरुवा नगरपालिका वडा नम्बर २ को सदस्यमा मेहेताको उम्मेदवारी परेको छ।

वडा अध्यक्षमा रन्जेस भट्टराई नेतृत्वको टीममा मेहेताको नाम सदस्यमा दर्ता भएको छ। इनरुवा कांग्रेस नेताहरुले जिल्ला समन्वय समितिको प्रमुख ताक्न मेयर मेहेता वडा सदस्यमा उठेको तर्क गर्न थालेका छन् ।

सुनसरीमा हेभीवेट नेताले वडा सदस्य उठेर जिल्ला समन्वय समिति ताक्ने यो पहिलो उदाहरण भने होइन। तत्कालीन नेकपा एमाले सुनसरीका कावा अध्यक्ष रमेश बस्नेत धरान वडा नम्बर ६ को सदस्य उठेका थिए ।

तर, वडा चुनाव जिते पनि जिल्ला समन्वय समिति निर्माणमा एमालेको बहुमत नआएपछि उनी सदस्यमै सीमित भएका थिए ।