एकीकृत समाजवादी र बर्हिगमित जनमुक्ति सेनाबीच पार्टी एकता हुँने
काठमाडौं । नेकपा एकीकृत समाजवादी र बर्हिगमित जनमुक्ति सेना नेपालबीच पार्टी एकता हुनेभएको छ । शुक्रबार दिउँसो १ बजेका लागि एकता कार्यक्रम तय गरिएको हो ।
कार्यक्रममा पार्टी अध्यक्ष माधव कुमार नेपाल लगायत शीर्षस्थ नेताहरुको सहभागिता हुने कार्यालयका सचिव एवं पार्टी उपमहासचिव गंगाधर तुलाधरले जानकारी दिए ।
एकीकृत समाजवादीले बिहीवार मात्रै आलोक रायमाझी नेतृत्वको एकीकृत नेपाल कम्युनिष्ट पार्टीसँग एकता गरेको थियो । यसअघि पनि विभिन्न पार्टी र नेताहरुलाई पार्टी प्रवेश गराइएको थियो ।