गृहिणीलाई भत्ता, विदुर पुरुषलाई राहत दिने सिर्जना सिंहको घोषणा - Himal Post Himal Post
  • २९ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 12 2026
Logo

गृहिणीलाई भत्ता, विदुर पुरुषलाई राहत दिने सिर्जना सिंहको घोषणा



नेपाली कांग्रेसको तर्फबाट काठमाडौं महानगरपालिकामा मेयरकी उम्मेदवार सिर्जना सिंहले आफू विजयी भएमा काठमाडौं सामाजिक सुरक्षाका कामलाई तीव्र पारिने बताएकी छन्।

बिहीबार आफ्नो संकल्प प्रस्ताव सार्वजनिक कार्यक्रमलाई सम्बोधनका क्रममा सिंहले सामाजिक सुरक्षाको काममा धेरै गर्न सकिने बताइन्।

उनले आफू मेयरमा विजयी भएमा काठमाडौंका गृहिणीलाई भत्ताको व्यवस्था गर्ने बताइन्। सिंहले काठमाडौं महानगरपालिका क्षेत्रका विदुर पुरुषका लागि पनि राहतको व्यवस्था गर्ने वचन दिएकी छन्।

उनले काठमाडौंलाई सुरक्षित सहर बनाउन काम गर्ने पनि बताइन्। ‘काठमाडौंलाई म सुरक्षित सहर बनाउँछु। महिलाहरु राति पनि ढुक्कले हिँड्ने सहर बनाउँछु’, उनले भनिन्, ‘प्रहरीसँग मिलेर सिसिटीभी जोड्छु र म आफैं काठमाडौं सुरक्षित छ भन्न रातभर एक्लै हिँड्न तयार छु।’
उनले काठमाडौंका जेष्ठ नागरिहहरुका लागि समेत राहत प्याकेज ल्याउने बताइन्। ठाउँ ठाउँमा आफूले शिशु स्याहार केन्द्र पनि खोल्ने उनले बताएकी छन्।