यस्ता छन् काठमाडौं सुधार्ने सिर्जना सिंहका १५ प्रतिबद्धता - Himal Post Himal Post
  • २९ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 12 2026
Logo

यस्ता छन् काठमाडौं सुधार्ने सिर्जना सिंहका १५ प्रतिबद्धता



काठमाडौं – काठमाडौं महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनकी साझा उम्मेदवार सिर्जना सिंहले महानगर सुधार्ने १५ प्रतिबद्धता व्यक्त गरेकी छन्। काठमाडौंस्थित कार्की ब्याङ्क्वेटमा उनले १५ प्रतिबद्धता व्यक्त गरेकी हुन्। संक्षेपमा यस्ता छन् उनका प्रतिबद्धता-

१. सुशासनमा ध्यान केन्द्रित गर्ने, भ्रष्टाचारमुक्त सेवा र सुविधा उपलब्ध गराउने
२. फोहोरको समस्या समाधान गर्ने, घरबाटै व्यवस्थापन गर्न पहल गर्ने, जिरो वेस्ट म्यानेजमेन्ट गर्ने
३. फुटपाथमा हिड्नयुक्त सहर बनाउने, साइकल लेनयुक्त, प्रदूषणरहित, ट्राफिक व्यवस्थापन गर्ने
४. सडकलाई खाल्डाखुल्डीरहित सहर बनाउने
५. महिला हक अधिकारप्रति ध्यान दिने, विपन्न महिलाको आर्थिक अवस्थालाई उकास्न राहत प्याकेज ल्याउने
६. बिधुर पुरुषका लागि राहतको प्याकेज ल्याउने
७. श्रम गरेर खाने महिलालाई राति पनि हिड्न सक्ने वातावरण बनाउने, सिसिटीभी जडान गर्ने, प्रहरीसँगको सहकार्यमा सहर सुरक्षित बनाउने
८. श्रमजीवी महिलाका लागि शिशु स्याहार केन्द्र खोल्ने
९. महानगरका युवाहरुका लागि सीप विकास तालिम दिने
१०. युवाहरुको खेलकूद क्षमता विकास गर्न क्लबहरुलाई सक्रिय बनाउने
११. वृद्ध, ज्येष्ठ नागरिकका लागि रिक्रियसन सेन्टर बनाउने, ज्येष्ठ नागरिक भवन बनाउने
१२. ज्येष्ठ नागरिकहरुलाई, विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य उपचार गराउने
१३. काठमाडौंमा सुविधासम्पन्न महानगरीय अस्पताल बनाउने
१४. प्रत्येक सार्वजनिक स्थानमा शुद्ध खानेपानी निःशुल्क
१५. बटुवा, यात्री, विद्यार्थी, श्रमजीवीका लागि निःशुल्क शौचालयको व्यवस्था गर्ने