रामकुमारी झाँक्रीलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
काठमाडौं – निर्वाचन आयोगले शहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको छ ।
निर्वाचन आचार संहिता लागू भएपछि मन्त्री झाँक्रीले अमेरिका भ्रमण गरेको विषयमा स्पष्टीकरण सोधेको आयोग स्रोतले बताएको छ ।
आचारसंहिता लागू भएपछि सरकारी पदाधिकारीहरु आयोगको अनुमति नलिई विदेश भ्रमणमा जान नपाईने व्यवस्था छ ।
मन्त्री झाँक्रीको विषयमा उजुरी परेपछि आयोगले अध्ययन गरेको थियो । प्रारम्भिक अनुसन्धानमा उनी विदेश भ्रमणमा गएको पुष्टी भएपछि स्पष्टीकरण सोधेको बताइएको छ ।