आफ्नै छुद्र बोलीले फसे दुर्गा प्रसाईं, अब के गर्लान् ? - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

आफ्नै छुद्र बोलीले फसे दुर्गा प्रसाईं, अब के गर्लान् ?



मेडिकल माफियाको आरोप लागेका एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाई आफ्नै बोलीका कारण समस्यामा परेका छन् । स्थानीय निर्वाचनलाई लिएर उनले केहीदिन अगाडी बोलीको आफ्नै बोलीले उनलाई समस्यामा पारेको हो ।

भक्तपुरको तरकारी बजार उद्घाटनगर्न एमाले अध्यक्ष केपी ओलीलाई बोलाएको कार्यक्रममा होश गुमाएर बोल्दा उनले चौतर्फी आलोचनाको शिकार बनेका छन् । पहिले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अत्यन्त निकट मानिएका प्रसाईं अहिले नेकपा एमालेमा प्रवेश गरेर ओलीको निकट बनेका छन् ।

प्रसाईंले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले स्थानीय तहको निर्वाचनमा एक सिट मात्रै जिते पनि आफ्नो सम्पत्ति पास गरिदिएर बृन्दावन जाने घोषणा गरेका थिए । तर स्थानीय तह निर्वाचनको निम्ति मनोनयनकै दिनमा सोमबार केही स्थानमा माओवादी एकीकृत समाजवादीका उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका छन् ।

केही प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यहरुमा निर्विरोध भइसकेका छन् । एक स्थानमा पनि चुनाव जितेको खण्डमा सम्पत्ति पास गरिदिएर बृन्दावन जाने घोषणा गरेकाले उनको अहिले सामाजिक सञ्जालमा उछितो काडिएको छ ।

सामाजिक संजालमा केहीले अरूको बारेमा छुद्र बोलेर चर्चामा आउन खोज्नेलाई यो सहि झापड भएको बताएका छन् । केहीले भने उनलाई बृन्दाबन जान सहयोग गर्नुपर्ने बताएका छन् ।

भाषणको क्रममा प्रसाईंले माओवादी केन्द्र र एकीकृत समाजवादीलाई नक्कली कम्युनिष्ट भनेका थिए । एमाले र माओवादी केन्द्र एकीकरण भएर बनेको नेकपाको समयमा उनले दाहाल र ओली दुबैलाई आफ्नै घरको भान्छामा जुम्लाको मार्सी चामलको खाना खुवाएर चर्चामा आएका थिए ।

पछिल्लो समय प्रसाईं आफ्नै बोलीका कारण पटकपटक विवादमा पर्ने गरेका छन् । उनले केहिदिन अगाडी एउटा द्गार्मीक कार्यक्रममा पुगेर भोट माग्दा लखेटिएका थिए ।

सार्वजनिक मञ्चबाट लखेटिएका छन् । एमाले अध्यक्ष केपी ओलीको गृहजिल्ला झापाको हल्दिबारी गाउँपालिकामा आयोजित एक धार्मिक कार्यक्रममा सहभागी भएका उनी घुमाउरो पाराले त्यहिँ भोट माग्न थालेपछि बोल्दाबोल्दै खेदिएका हुन् ।

प्रसाईं किराँती सत्यहाङ धर्मवलम्बीहरुको कार्यक्रममा मन्तव्यका लागि निम्त्याइएका थिए । तर,उनले बोल्ने क्रममा अनेक आश्वासन दिन थालेपछि सहभागीहरुले भोटको राजनीति गरेको भन्दै हुटिङ गरे । प्रसाईं मञ्चमा बोलिरहेका बेला प्रतिवाद भएको आज सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियो क्लिपमा देख्न सकिन्छ ।

भिडियोमा प्रसाईँले “छोरीहरुको विवाह गर्न १५/२० हजारले रोकियो भने मेरो ढोका राति १२ बजे पनि खुल्ला हुन्छ,आउनुहोस्’ भनेका छन् । ‘तपाईहरु औषधी उपचार नपाएर तड्पिनु भएको छ भने म सहयोग गर्न तयार छु’ भन्दाभन्दै तल फ्लोरबाट विरोध भएको थियो ।

उनले औषधी उपचार र विद्यालय भवन बनाउने कुरा गर्न थालेपछि भोट माग्न थालेको भन्दै प्रतिवाद गरिएको देख्न सकिन्छ । राजनीतिक ब्लयाकमेल गरेको भन्दै कार्यक्रममा उपस्थितहरुले लगातार होहल्ला गरेपछि प्रसाईं मञ्च छाड्न बाध्य भएका थिए । होहल्ला भएपछि वीचमा केहीबेर अड्किदै फेरि बोल्दै गरेका उनी अन्त्यमा ‘ल मेरो भनाइ यहिँ अन्त्य गर्छु’ भनेर निस्किएका थिए ।

केही वर्षयता प्रसाईँ पटक-पटक विवाद र चर्चामा छन् । एमाले र माओवादी केन्द्रको एकताका बेला केपी ओली र प्रचण्डलाई आफ्नै घरमा मार्सी चामलको भात खुवाएर चर्चामा आएका प्रसाईं झापाको बिएन्डसी मेडिकल कलेज सञ्चालक हुन् । उनी विवादास्पद छविका मेडिकल व्यवसायीका रुपमा चिनिन्छन् ।