केपी ओलीले गरेको टिप्पणीबारे गगन थापाले जवाफ दिने - Himal Post Himal Post
  • २९ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 12 2026
Logo

केपी ओलीले गरेको टिप्पणीबारे गगन थापाले जवाफ दिने



काठमाडौं– नेपाली कांग्रेसको चुनावी घोषणापत्रमाथि कडा टिप्पणी गर्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गगन थापाले जवाफ दिने भएका छन् । ओलीले गरेको टिप्पणीका बारेमा गगनले जवाफ दिने भएका हुन्।

नेपाली कांग्रेसले आज एक कार्यक्रमको आयोजना गरेको छ।उक्त कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री एवम् निर्वाचन घोषणापत्रका संयोजक गगनकुमार थापाले ओलीले गरेको टिप्पणीको जवाफ दिने भएका छन्।

कांग्रेसले दिउँसो १ बजे बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा कार्यक्रमको आयोजना गरेको छ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार आयोजित एक सार्वजनिक कार्यक्रममा कांग्रेसको चुनावी घोषणापत्रलाई ‘पागलहरुको प्रलाप’ भनेर आलोचना गरेका थिए।

मंगलबार नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमाले अध्यक्ष ओलीले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएका थिए।