एमालेले टिकट दिएन, राप्रपाबाट गाउँपालिका अध्यक्ष उम्मेदवार - Himal Post Himal Post
  • ८ पुष २०८२, मंगलवार
  •      Tue Dec 23 2025
Logo

एमालेले टिकट दिएन, राप्रपाबाट गाउँपालिका अध्यक्ष उम्मेदवार



म्याग्दी- उम्मेदवार छनोट प्रक्रियामा असन्तुष्टि जनाउँदै नेकपा एमाले धवलागिरी गाउँपालिका कमिटीका अध्यक्षले दल परिवर्तन गरेका छन्। पुराना कम्युनिष्ट नेता होमबहादुर थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट गाउँपालिका अध्यक्षमा मनोनयन दर्ता गराएका हुन्।

एमालेका पुराना नेताको रूपमा परिचित थापाले आफ्नो योगदान भुलेर नेतृत्वले अनुकुल व्यक्तिलाई उम्मेदवार छनोट गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर राप्रपाबाट उम्मेदवारी दिएका हुन्।

‘पद्धतिअनुसार होइन, एक–दुई व्यक्तिको चाहना पूरा गर्ने काम भयो, ‘अन्य पार्टीमा प्रवेश गरेर आफ्नो क्षमता देखाउनुपर्ने भयो’ नेता थापाको भनाइ उद्धृत गर्दै एक युवकले भने। पार्टीले टिकट वितरणमा मूल्यांकनमा ध्यान नदिएको, आकांक्षी भएको जानकारी जिल्ला–प्रदेशमा हुँदा समेत आफूसँग नसोधेको नेता थापाको गुनासो थियो।

टिकटको आश्वासन दिएर पूरा नगरेपछि पार्टी परिवर्तन गर्न बाध्य भएका थापालाई राप्रपाबाट पालिकामा उठाउने निर्णय गरेको थियो। पूर्वराज्यमन्त्री तथा नेता भीमप्रसाद गौचनले राप्रपामा सबै पार्टीका नेता तथा कार्यकर्तालाई स्वागत गर्ने बताए।