सिन्धुपाल्चोकमा माओवादीबाट माओवादी नै कुटिए
काठमाडौं । सिन्धुपाल्चोकमा स्थानीय तहको उमेदवारी मनोनयनलाई लिएर नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताबीच दोहोरो झडप भएको छ । विवाद बढ्दै गएपछि प्रहरीको केही राउन्ट अश्रुग्याँस प्रहार गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी दक्षकुमार बस्नेतकाअनुसार चौतारा नगरपालिकामा–५ मा असन्तृष्ट पक्षमा सुरुमा आफ्नै पार्टी कार्यालयमा तोडफोड गरेका थिए ।
टिकट पाउने र नपाउने माओवादीका दुई पक्षबीच झडप भएको हो ।
त्यसपछि उमेदवारी दिन जाने क्रममा बाटोमा समेत अवरोध गरेका थिए । घटनामा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको डीएसपी बस्नेतले जानकारी दिए ।
अहिले स्थिति नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।