मेयर लड्न एसएसपीबाट राजीनामा दिएका गोविन्दलाई कांग्रेसको 'लोप्पा' - Himal Post Himal Post
  • २९ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 12 2026
Logo

मेयर लड्न एसएसपीबाट राजीनामा दिएका गोविन्दलाई कांग्रेसको ‘लोप्पा’



काठमाडौं। मेयरमा लड्न नेपाल प्रहरीको वरिष्ठ प्रहरी उपरिक्षक(एसएसपी)बाट राजीनामा दिएका गोविन्द शाहलाई नेपाली कांग्रेसले हिस्स बनाएको छ।

मेयरको टिकट पाउने आशामा प्रहरीको जागिर नै छोडेका उनलाई कांग्रेसले लोप्पा ख्वाएको छ ।

नेपाली कांग्रेसले धनुषाको विदेह नगरपालिकामा योगेन्द्र यादबलाई मेयरको टिकट दिएको छ।

यसअघि नेपाली कांग्रेसबाट मेयरको उम्मेदवार बन्ने आशासहित शाहल‍े एसएसपीबाट दिएको राजिनामा फागुनको दोस्रो साता स्वीकृत भएको थियो। शाह वर्तमान आईजिपी शैलेष थापाका ब्याची हुन्।

उनले स्वतन्त्रबाट उम्मेदवारी दिने तयारी गरेका छन्। नेपाली कांग्रेसले कमजोर व्यक्तिलाई उम्मेदवार बनाएको भन्दै आफूले सजिलै चुनाव जित्ने शाहको दावी छ।