कांग्रेस मेयरका उम्मेदवारलाई आफ्नै कार्यकर्ताले कुटे
काठमाडौँ — गाेरखा नगरपालिकाका मेयरका उम्मेदवार आफ्नै कार्यकर्ताबाट कुटिएका छन् ।
कांग्रेसबाट मेयरमा उम्मेदवार रहेका विश्वदेव श्रेष्ठमाथि कार्यकर्ताहरुले हातपात गरेको उनले बताएका छन् ।
बैंकरोडमा फोटो खिचिरहेको अवस्थामा आफूमाथि हातपात भएको उनले बताए ।
कांग्रेस गोरखामा वादविवाद बढ्दै गइरहेको छ । सोमबार बिहानदेखि नै जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ ।