विराटनगर महानगरमा नागेशले पाए मेयरको टिकट - Himal Post Himal Post
  • २९ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 12 2026
Logo

विराटनगर महानगरमा नागेशले पाए मेयरको टिकट



नेपाली कांग्रेसले विराटनगर महानगरपालिकाको प्रमुखमा डा. शेखर कोइराला निकट नागेश कोइरालालाई अघि सारेको छ।

पार्टीले उनलाई प्रमुखको उम्मेदवारका लागि टिकट दिएको नेता डा. शेखर कोइरालाको सचिवालयले पुष्टि गरेको छ। उनका स्वकीय सचिव दिनेश थपलियाले भने, ‘विराटनगरमा नागेश कोइरालाले टिकट पाउनुभयो। उहाँ टिकट लिन पार्टी कार्यालय जाँदै हुनुहुन्छ।’

विराटनगरमा कुरा नमिल्दा कांग्रेसले महानगरपालिकाको उम्मेदवारी टुंग्याउन ढिलाई गरेको थियो। विराटनगरको प्रमुखमा डा. कोइरालाले नागेश र अर्का नेता कृष्ण सिटौलाले वर्तमान प्रमुख भीम पराजुलीको नाममा अडान लिएका थिए।

यस्तै सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्व केन्द्रीय सदस्य अमृत अर्याल र केन्द्रीय सदस्य डा. डिला संग्रौलालाई अघि सारेका थिए।

महानगरको प्रमुखमा उम्मेदवारका लागि टिकट पाएका नागेश मोरङ कांग्रेसका उपसभापति हुन्। १३ औँ महाधिवेशनमा उनी जिल्ला सचिव थिए। नागेश पार्टीका पूर्वकोषाध्यक्ष पनि हुन्।