एमालेले टिकट नदिएपछि मालारानीमा बालकृष्ण आचार्यले गरे विद्रोह
अर्घाखाँचीको मालारानी गाउँपालिकाको अध्यक्षमा बालकृष्ण आचार्यले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । उनले गाउँपालिकाको अध्यक्ष पदबाट राजीनामा दिएर पुन: दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् ।
पार्टीमा सरसल्लाह नगरी दलबहादुर भट्टराईलाई गाउँपालिकाको अध्यक्षमा उम्मेदवार बनाउने सहमति भएपछि आफूले बाध्य भएर स्वतन्त्र उम्मेदवारी दर्ता गर्नु परेको आचार्यले बताए ।
पार्टीबाट जस्तोसुकै दबाब आए पनि आफ्नो उम्मेदवारी फिर्ता नहुने भन्दै उनले भने, ‘तीन दिनअघिसम्म उम्मेदवार बन्दैन भनेर सुतेको मानिसलाई पार्टीले जबर्जस्ती पालिकाको अध्यक्षमा सिफारिस गरेपछि आफूले बाध्य भएर पुन: उम्मेदवारी दिनु परेको हो ।’