कांग्रेस संसदीय समितिबाट शेखर ‘आउट’
काठमाडौं । आइतबार बसेको कांग्रेस शीर्ष नेताहरूको बैठकले पार्टीको संसदीय समिति गठन गर्यो । स्थानीय तह निर्वाचनको मनोनयन दर्ता गर्ने कार्य भइरहँदा पार्टीले संसदीय समिति गठन गरेको हो । समितिमा शिर्ष नेताहरू परेपनि शेखर कोइराला भने आउट भएका छन् ।
कांग्रेसको विधानअनुसार संसदीय समितिले मात्र तीन तहको निर्वाचनमा टिकट वितरण गर्न पाउँछ । चार तहमा बन्ने संसदीय समितिमध्ये केन्द्रीय संसदीय समितिले मात्र महानगरदेखि माथिका निकायमा टिकट वितरण गर्नुपर्ने विधानको व्यवस्था छ ।
विधानअनुसार सभापतिले प्रस्ताव गर्ने र केन्द्रीय कार्यसमितिले अनुमोदन गरेपश्चात् मात्र संसदीय समिति गठन हुन्छ । तर, पदाधिकारी र केही शीर्ष नेताहरूको बैठकको सहमतिमा संसदीय समिति बनाइयो ।
आजको बैठकले संसदीय समिति गठन गर्ने निर्णय गर्यो । जसमा सभापति र पदाधिकारीबाहेक रामचन्द्र दाई पनि अटाउनुभयो । अरू विस्तार गर्न बाँकी छ,” उपसभापति पूर्णबहादुर खड्काले संचारकर्मीहरूसँग संक्षिप्त प्रतिकृया दिए ।
“कांग्रेसले चैत १५ मा सम्पन्न भएको केन्द्रीय कार्यसमिति बैठकबाटै संसदीय समिति बनाउने तयारी गरेको थियो । तर, सभापति देउवाको इच्छाएका नेताहरू बालकृष्ण खाण, ज्ञानेन्द्र बहादुर कार्की लगायत नेताहरू २५ भित्र अटाउन सम्भव नभएपछि समिति गठन हुन सकेको थिएन ।