स्थानीयले रुचाएका जोशी माओवादीबाट काठमाडौँ-३१ को उम्मेदवार सिफारिस
काठमाडौं- नेकपा माओवादी केन्द्रले काठमाडौँ महानगरपालिकाको वडा नम्बर ३१ मा राजेश जोशीलाई वडाध्यक्षको उम्मेद्वार सिफारिस गरेको छ । माओवादी केद्रको वडा कमिटी बैठकबाट वडाध्यक्षको उम्मेदवारमा राजेश जोशीलाई सर्वसम्मत सिफारिस गरिएको हो।
लामो समयदेखि सामाजिक सेवामा रहेका जोशी शिक्षा र खेलकुद क्षेत्रमा सक्रिय छन् । स्थानीयले रुचाएका उनी खरिबोट बानेश्वर निवासी हुन् ।
उनी हाल भिमसेन गोला मा.वि.को विद्यालय व्यवस्थापन समिति तथा देउराली डोजोका अध्यक्ष हुन् । जोशी पार्टीका प्रदेश निर्वाचन क्षेत्रका सचिव तथा जिल्ला समन्वय समितिका सदस्यसमेत हुन् ।
लामो समय स्थानीय स्तरको राजनीति तथा सामाजिक सेवामा बिताएका उनी स्थानीयमाझ लोकप्रिय मानिन्छन । आफू वडाध्यक्ष भए सबैलाई समेटेर लाने उनले बताए ।
सुशासन, विकास निर्माण, चुस्त सरकारी सेवा, संस्कृति जघेर्ना, रोजगारी प्रवर्धन तथा सामाजिक सुरक्षा आफ्नो प्रमुख प्राथमिकता हुने उनले बताए ।