जसपा छोडेर एमालेबाट मेयर उठेका सरावगीका पुरानै नारा, पुरानै बाचा - Himal Post Himal Post
  • २९ पुष २०८१, सोमबार
  •      Mon Jan 13 2025
Logo

जसपा छोडेर एमालेबाट मेयर उठेका सरावगीका पुरानै नारा, पुरानै बाचा



जसपाबाट वीरगञ्ज महानगरको निर्वाचित मेयर विजय सरावगी एमालेमा प्रवेश गरेसँगै पुनः मेयरका उम्मेदवार भएका छन् ।

एमालेबाट उम्मेदवार भएका सरावगीले शुक्रबार घोषणापत्र जारी गरेर ग्रेटर वीरगञ्जको पुरानै प्रतिवद्धतालाई दोहोर्‍याएका छन् ।

मेयरमा निर्वाचित भए चुनावी प्रतिवद्धता पूरा गर्न आवश्यक कानुनी व्यवथा गर्ने पनि बताएका छन् । वीरगञ्जका १६ वटा बडा ग्रामिण वडा भएकोले ग्रेटर वीरगञ्जको धारणा ल्याउन लागेको बताएका हुन् । सिर्सिया करिडोर बनाउने, वीरगञ्ज आईसीपीको छेउमा नयाँ बस्ती बसाउने प्रतिवद्धता जनाएका छन् ।

साना पार्टीको मेयर भएर वीरगञ्ज महानगरको विकासमा काम गर्न नसकेको भन्दै सरावगी ठूलो पार्टी अर्थात एमालेमा प्रवेश गरेका थिए । एमालेमा मेयरको टिकटको ग्यारेन्टी गरेर प्रवेश गरेका सरावगीले घोषणपत्र सार्वजनिक गर्ने क्रममा एमालेसँग वीरगञ्ज बनाउने भिजन र योजना रहेको दाबी गरे ।

सरावगरीले घोषणामा ‘विकास र समृद्धिको एक मात्र आधार, वीरगञ्ज महानगरमा एमालेको सरकार’ भन्ने नारा दिएका छन् । सरावगीको घोषणापत्रमा शिक्षा, स्वास्थ्य, पूर्वाधार, युवा सशक्तीकरण र खेलकुद, सुशासन, पर्यटन प्रवर्द्धन, कृषि, सहकारी, निजी क्षेत्रसँग साझेदारी, भाषा साहित्य र कला, स्वच्छ सुन्दर महानगर बनाउन गरिने क्रियाकलापसहित विभिन्न ११ वटा एजेण्डा समेटेका छन् ।